Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस

उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस


  • 92
    Shares

    • images
    उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस

    काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ९.८ डिग्री सेल्सियस मापन गरिएको छ।

    नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस देखिएको हो। मंगलबार सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको थियो।

    महाशाखाले हरेक दिन बिहान ८:४५ बजे अन्तिम न्यूनतम तापक्रम मापन गर्ने गर्छ। त्यसबेला आजको तापक्रम केही घट्न सक्ने सम्भावना रहे पनि हालकै तापक्रम कायम रहन सक्ने मौसमविद्हरू बताउँछन्।  

    मौसमविद्का अनुसार राति आकाश बादलले ढाकिएको अवस्थामा बिहानको न्यूनतम तापक्रम बढ्ने गर्छ भने आकाश खुला रहेमा तापक्रम घट्ने सम्भावना हुन्छ।

    मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम दैनिक मापन गर्दै आएको छ। न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

    न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रमको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको तापक्रमको अवस्था देखाउने गर्छ।

    प्रकाशित मिति :मंसिर २ २०८३ बुधवार - १०:३२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij