२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी भएको छ । बुधबार एकाबिहानै केन्द्रबाट कम्प्युटर चोरी भएको हो ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै भिडियो समेत सार्वजनिक गरेका छन् ।
उनका अनुसार बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर फरार भएको थियो । चोरीको घटना केन्द्रमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको छ । पुनले उक्त भिडियोसमेत सार्वजनिक गरेका हुन् ।
घटनाबारे प्रहरीमा जानकारी गराइसकिएको उनले उल्लेख गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij