२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उमेदवार छनोटका लागि समिति बनाएको छ ।
आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले महामन्त्री विपीन आचार्यको संयोजकत्वमा उमेदवार छनोट समिति बनाएको हो । समितिका अन्य सदस्यमा मिलन लिम्बु, रहिबर अन्सारी, तोषिमा कार्की छन् । यस्तै, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाछोम र जनकसिंह धामी सदस्य रहेको प्रवक्ता जगदीश खरेलले बताए ।
''हामीले सातै प्रदेशको प्रतिनिधित्व र समावेशितालाई ख्याल गर्दै समिति बनाएका छौँ,'' खरेलले भने । उक्त समितिमा जिल्ला अध्यक्षहरू पदेन सदस्य रहनेछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij