२०८३ आश्विन १८ गते आइतवार
दाङ । नेपाली कांग्रेसका महासमिति सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
न्यौपाने नेविसंघको पूर्व सहमहामन्त्री समेत हुन् । कांग्रेसका वर्तमान महामन्त्री प्रदीप पौडेलले नेविसंघको नेतृत्व गर्दा न्यौपाने सहमहामन्त्री थिए । नेविसंघ केन्द्रीय पदाधिकारीको जिम्मेवारी सम्हालेका न्यौपाने कांग्रेसको १४ औँ महाधिवेशनमा कांग्रेस लुम्बिनी प्रदेश सदस्यका रुपमा निर्वाचित भएका थिए । उनी लुम्बिनी कांग्रेसको प्रवक्ता समेत चुनिएका थिए । गत प्रदेशसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ (ख) को उम्मेदवार बनेका न्यौपाने उक्त निर्वाचनमा निर्वाचित भएका थिए ।
लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित न्यौपाने २०८१ मा लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका थिए । लुम्बिनीको तत्कालीन उद्योग, पर्यटन तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हालेका न्यौपानेले उक्त मन्त्रालयको नेतृत्व दुई बर्ष सम्म सम्हालेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij