Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

आज (शनिवार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज (शनिवार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल


  • 953
    Shares

    आज (शनिवार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
    images

    आजको पञ्चाङ्ग

    वि.सं.२०८३ साल असोज १७ गते । शनिबार । इस्वी सन् २०२६ अक्टोबर ३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–सप्तमी, बिहान ९ बजेर ५४ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–आर्द्रा, रातको ४ बजेर ७ मिनेट उप्रान्त पुनर्वसु । योग–वरियान, बेलुकी ६ बजेर ५६ मिनेट उप्रान्त परिध । करण–बव, बिहान ९ बजेर ५४ मिनेट उप्रान्त बालव, बेलुकी ८ बजेर ४१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मिथुन । अष्टमी श्राद्ध ।

    काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४६ मिनेट । दिनमान २९ घडी ३२ पला ।

    आजको बार बेला ।

    बिहान ५ बजेर ५८ मिनेटसम्म काल बेला ।

    • बिहान ५ बजेर ५९ मिनेटदेखि बिहान ७ बजेर २६ मिनेटसम्म शुभ बेला ।
    • बिहान ७ बजेर २७ मिनेटदेखि बिहान ८ बजेर ५५ मिनेटसम्म रोग बेला ।
    • बिहान ८ बजेर ५६ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म उद्वेग बेला ।
    • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ५२ मिनेटसम्म चर बेला ।
    • बिहान ११ बजेर ५३ मिनेटदेखि दिउँसो १ बजेर २१ मिनेटसम्म लाभ बेला ।
    • दिउँसो १ बजेर २२ मिनेटदेखि दिउँसो २ बजेर ४९ मिनेटसम्म अमृत बेला ।
    • दिउँसो २ बजेर ५० मिनेटदेखि बेलुकी ४ बजेर १८ मिनेटसम्म काल बेला ।
    • बेलुकी ४ बजेर १९ मिनेटदेखि बेलुकी ७ बजेर १८ मिनेटसम्म लाभ बेला ।

    नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

    राहुकाल

    बिहान ८ बजेर ५४ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म राहुकाल रहनेछ ।

    नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

    ब्रहा मुहूर्त

    बिहान ४ बजेर २२ मिनेटदेखि बिहान ५ बजेर १० मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ । आफ्नो मूल्यांकन आफैं गर्न नसक्दा संकट आइपर्ने छ । बाहिरका साथीको साथ मिल्नेछ । दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ । परिवारमा सुख र शान्ति मिल्नेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    दिन राम्रो छ । सहकार्यमा सुरुवात गरेमा व्यापारमा लाभ हुनेछ । शिक्षा र स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । विपक्षी शान्त छन् । काम सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    दिन सामान्य छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । परिवारका कारण राजनीतिमा भय हुनेछ । जग्गाको कारोबारमा आंशिक लाभ हुनेछ । विदेशमा मन आकर्षित हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    दिन राम्रो छ । लगानीका क्षेत्र सबल छन् । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । बन्धु सँगको सहकार्यले फाइदा हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    दिन राम्रो छ । धन लक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ । विपक्षीले तपाईंको पक्षमा काम गर्नेछन् । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    दिन राम्रो छ । सम्पत्ति खर्च भए पनि मान सम्मान बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा हुनेछन् । गुरुबाट असहयोग हुनेछ । शिक्षाको क्षेत्रमा घाटा हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    दिन राम्रो छ । मिहिनेतको फल प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । आम्दानी बढ्नेछ । व्यापारमा नाफा हुने योग छ । शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछन् ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  

    दिन राम्रो छ । तपाईंको बोलीको प्रभावले काम सहजै बन्नेछ । राजनीतिक क्षेत्रमा सोचेको काम बन्नेछ । विपक्षीले प्रशंसा गर्नेछन्। परिवारको साथ र सहयोग मिल्नेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    काम बन्ने दिन छ । सोचेको  कुरा पूरा हुँदा मनमा खुसी मिल्नेछ । पठनपाठनमा रुची बढ्नेछ । स्वास्थ्यमा भने सुधारका संकेत भेटिनेछन् । परिवारको साथ र सहयोग मिल्नेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । यात्रामा कठिनाइ आइपर्ने छ । राजनीतिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । औषधी नियमित बन्नेछ । राजनीतिक भयको जोखिम छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    दिन राम्रो छ । सोचेको काम सहज बन्नेछ । आफ्नै कारणले साथी टाढिने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । शिक्षामा प्रगति हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :आश्विन १७ २०८३ शनिवार - ०५:२०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij