Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

कांग्रेस महाधिवेशनमा तामझाम नगर्ने, डिजिटल प्रचारमा जोड

कांग्रेस महाधिवेशनमा तामझाम नगर्ने, डिजिटल प्रचारमा जोड


  • 547
    Shares

    कांग्रेस महाधिवेशनमा तामझाम नगर्ने, डिजिटल प्रचारमा जोड
    images

    काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रचारप्रसारमा विगतको जस्तो तामझाम नगर्ने जनाएको छ । महाधिवेशनको तयारीबारे जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले वातावरणमैत्री प्रचारप्रसारलाई प्राथमिकता दिने बताएको हो ।

    कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा प्रचारप्रसारका सामग्री सहरका भित्तामा टाँस्ने तथा अनावश्यक तामझाम गर्ने परम्परालाई निरुत्साहित गरिने बताए । उनले सबै उम्मेदवारलाई सकेसम्म प्रविधिको प्रयोग गरी वातावरणमैत्री ढंगले प्रचार गर्न आग्रह गरिएको जानकारी दिए ।

    उनका अनुसार पार्टीले महाधिवेशनका क्रममा डिजिटल बोर्डमार्फत प्रचारप्रसार गर्ने तयारी गरेको छ । उम्मेदवारहरूले प्रचारका लागि पर्चा तथा अन्य कागजी सामग्री नछाप्नसमेत आग्रह गरिएको उनले बताए ।

    कांग्रेसले १५औँ महाधिवेशनको प्रचारप्रसारलाई प्रविधिमैत्री र वातावरणमैत्री बनाउने नीति लिएको जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १५:१२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij