Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा, ‘चमेलीको पोइ’ र ‘चंगुल’ आमनेसामने

शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा, ‘चमेलीको पोइ’ र ‘चंगुल’ आमनेसामने


  • 491
    Shares

    शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा, ‘चमेलीको पोइ’ र ‘चंगुल’ आमनेसामने
    images

    काठमाडौं । शुक्रबारदेखि नेपाली सिनेमा हलमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । ‘चमेलीको पोइ’ र ‘चंगुल’ देशभर एकसाथ रिलिज भएका हुन् ।

    फरक विषयवस्तुमा निर्माण भएका यी दुई फिल्मले एकअर्कासँगै यसअघि प्रदर्शनमा आएका फिल्मसँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ । ‘झिँगेदाउ २’, ‘आचार्य’ र ‘पेन्सन पट्टा’ लगायतका फिल्मले अझै केही हलमा निरन्तरता पाएकाले नयाँ फिल्मलाई शो बाँडफाँटमा समेत प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।

    एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको ‘चमेलीको पोइ’मा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । करिब डेढ दशकपछि चर्चित हास्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) फिल्ममार्फत पुनः दर्शकमाझ आएका छन् । फिल्ममा सुरक्षा पन्त, नारायण त्रिपाठी, मुकुन भुसाल, विल्सन विक्रम राई, उमेश राई, रविन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, रजनी गुरुङलगायत कलाकारको अभिनय छ ।

    राम गौतमको निर्देशनमा तयार भएको ‘चंगुल’मा जेनजी आन्दोलनलाई कथाको आधार बनाइएको छ । मालती कार्की निर्मित फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायत कलाकारले अभिनय गरेका छन् ।

    फिल्ममा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ । विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत रहेको ‘चंगुल’को द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन् । फिल्मको छायांकन तथा सम्पादन दीपेन बस्न्यातले गरेका हुन् ।

     

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १२:२८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij