Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

देउवा डडेलधुराबाट क्षेत्रीय प्रतिनिधिमा चयन

देउवा डडेलधुराबाट क्षेत्रीय प्रतिनिधिमा चयन


  • 547
    Shares

    देउवा डडेलधुराबाट क्षेत्रीय प्रतिनिधिमा चयन
    images

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । पार्टीको आफू नेतृत्वको इतर समूहले बिहीबार गरेको वडा अधिवेशनमा देउवा डडेलधुरा जिल्लाबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन् । 

    नेपाली कांग्रेस इतर समूहको १५ औँ महाधिवेशनअन्तर्गत डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं.१ बाट उनी सर्वसम्मत वा बहुमतका साथ क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्रमा उल्लेख छ।

    क्षेत्रीय प्रतिनिधि चयन भएपछि उनी महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्न पाउँछन् । प्रतिनिधिसभा क्षेत्रको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन भएपछि देउवा महाधिवेशनमा सहभागी हुन पाउँछन् । इतर समूहले असोज २४ गते क्षेत्रीय अधिवेशनको मिति निर्धारण गरिएको छ ।
     

    830631395_960494033148986_8889144556496534793_n_I3uP6mcFYj.webp

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १२:०४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij