Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

विदेश र अन्तरजिल्ला मतदानबारे आयोगमा छलफल

विदेश र अन्तरजिल्ला मतदानबारे आयोगमा छलफल


  • 533
    Shares

    विदेश र अन्तरजिल्ला मतदानबारे आयोगमा छलफल
    images

    काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरू तथा अन्तर जिल्लाबाट मतदानको व्यवस्थाका लागि विभिन्न राजनीतिक दलहरूसँग छलफल गरी निचोडमा पुग्ने तयारी गरेको छ । 

    त्यसका लागि आयोगले आज शुक्रबार केन्द्रीय कार्यालय काठमाडौंमा तीनै तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफलको आयोजना गरेको छ ।  बिहान साढे ११ बजेपछि सुरु हुने छलफलमा ४० भन्दा धेरै दलका नेताहरूलाई बोलाइएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन् । 

    त्यसबाहेक निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगका विषयमा समेत आयोग र दलहरूबिच छलफल हुनेछ । सूचना अधिकारी घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४७ को व्यवस्थाअनुसार छलफल गर्न लागिएको बताएका छन् । 

     

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - ११:३१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij