Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

आज फेरि १८ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि १८ अर्ब खिच्दै राष्ट्र बैंक


  • 372
    Shares

    आज फेरि १८ अर्ब खिच्दै राष्ट्र बैंक
    images

    काठमाडौं ।  बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज असोज १६ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ तान्ने भएको हो।

    आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। 

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    यो २८ दिने निक्षेप संकलन उपकरणको आउँदो कात्तिक १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

     

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - ११:०८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij