Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

दोधाराचाँदनीको क्षतिग्रस्त पुल हेर्न काठमाडौंको प्राविधिक टोली पुग्यो

दोधाराचाँदनीको क्षतिग्रस्त पुल हेर्न काठमाडौंको प्राविधिक टोली पुग्यो


  • 736
    Shares

    दोधाराचाँदनीको क्षतिग्रस्त पुल हेर्न काठमाडौंको प्राविधिक टोली पुग्यो
    images

    काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको क्षतिको अवस्था अध्ययन गर्न काठमाडौंस्थित प्राविधिक टोली सुदूरपश्चिम पुगेको छ।

    शहरी विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन, ललितपुरका उपमहानिर्देशक कमल अधिकारीको नेतृत्वमा टोली बिहीबार साँझ धनगढी पुगेको हो। टोलीले शुक्रबार दोधारा चाँदनी पुगेर महाकाली नदीको बाढीका कारण क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण गर्नेछ।

    उपमहानिर्देशक अधिकारीले पुलको वर्तमान अवस्था अध्ययन गरेपछि आवश्यक निर्णय लिइने बताए। उनका अनुसार प्राविधिक अध्ययनपछि पुल मर्मत वा पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ।

    पुलमा क्षति पुगेपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला पनि स्थलगत निरीक्षणमा पुगेका थिए। उनले प्राविधिक अध्ययनको प्रक्रिया अघि बढिसकेको र अध्ययन प्रतिवेदन प्राप्त भएपछि पुनर्निर्माणको काम अघि बढ्ने बताएका छन्। पुल मर्मतका लागि आवश्यक समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पत्राचारसमेत गरिसकेको छ।

    गत बुधबार महाकाली नदीमा आएको बाढीले झोलुङ्गे पुलको एक भाग चुँडिएर नदीतर्फ लत्रिएको थियो। क्षतिपछि सो पुलबाट आवतजावत पूर्णरूपमा बन्द गरिएको छ। प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार पुलको क्षतिग्रस्त भाग आसपास महाकाली नदीको पानीको बहावसमेत तीव्र देखिएको छ।  

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १०:५८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij