Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

शेयर बजारमा सामान्य सुधार

शेयर बजारमा सामान्य सुधार


  • 267
    Shares

    शेयर बजारमा सामान्य सुधार
    images

    काठमाडौं । साटताको चौथो कारोबारको दिन बिहिबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ० दशमलव २६ अंकले बढेर २,५९९ को विन्दुमा कायम भएको छ । 

    आज १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५३ कम्पनकिो १ करोड २० लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८८ करोड माथिको शेयर कारोबार भएको छ ।

    बिहीबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.९२, विकास बैंक १२.१९, वित्त ४.२३ र जलविद्युत् समूह १.३० अंक बढेको छ ।

    तर होटल ९.९८, जीवन बीमा १२.७०, उत्पादनमूलक ८.३३, लघुवित्त १.३२, सामूहिक लगानी कोष ०.०५, निर्जीवन बीमा ४८.२४, अन्य ५.९२ र व्यापार समूह ३४.३२ अंक  घटेको छ । 

     आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २२ करोडको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २१ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

     

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - १५:४३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij