२०८३ कार्तिक २९ गते आइतवार
काठमाडौं । सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ ।
छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइएको हो । दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ ।
तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरिन्छ । यस अवसरमा मधेस, तराई र मिथिलाञ्चलका गाउँ–शहरका पोखरी, नदीघाट र तालतलैयाहरू आकर्षक रूपमा सजाइएका छन् ।
स्थानीय बासिन्दा तथा युवाहरूले पोखरी र घाटहरूको सरसफाई गरी रंगीन बत्ती, पण्डाल र टेन्ट लगाएर छठ पर्व मनाउने तयारी गरेका छन् । यसले गाउँ गाउँमा समेत छठ पर्वको रौनकतालाई बढाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij