Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

काठमाडौं महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

काठमाडौं महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता


  • 225
    Shares

    • images
    काठमाडौं महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्यदृश्य) प्रतियोगिता आयोजना गरेको छ । महानगरले एक सूचना जारी गरी ‘काठमाडौं जलवायु कार्य सप्ताह–२०८३’ अन्तर्गत विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गरेको हो ।

    जलवायु परिवर्तनले पारिरहेको विश्वव्यापी असर घटाउन समुदायस्तरमा गर्न सकिने प्रयासको प्रर्वद्धन तथा क्षति न्यूनीकरणका लागि व्यक्ति र समुदायको जिम्मेवारी प्रर्वद्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले विभिन्न साझेदार संस्थाको सहकार्यमा मङ्सिर ७ गतेदेखि १३ गतेसम्म विभिन्न कार्यक्रमसहित ‘काठमाडौँ जलवायु कार्य सप्ताह’ आयोजना गर्न लागेको हो ।

    उक्त प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ६ देखि १२ सम्म अध्ययनरत बालबालिकाले भाग लिन पाउने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार नगद, दोस्रो हुनेले रु ३० हजार, तेस्रो हुनेले रु २० हजार र सात जनालाई सान्त्वना पुरस्कारस्वरुप जनही १० हजार प्रदान गरिने महानगरले जनाएको छ । महानगरले उक्त प्रतियोगितामा भाग लिन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरेको छ ।

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - १७:२२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij