Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

नेपाल बराम समाजद्वारा प्रथम फुटसल कप आयोजना हुँदै

नेपाल बराम समाजद्वारा प्रथम फुटसल कप आयोजना हुँदै


  • 148
    Shares

    नेपाल बराम समाजद्वारा प्रथम फुटसल कप आयोजना हुँदै
    images

    काठमाडौं । नेपाल बराम समाजको आयोजनामा प्रथम फुटसल कप प्रतियोगिता हुने भएको छ। समाजले खेलकुदमार्फत युवाहरूलाई स्वस्थ, अनुशासित तथा सामाजिक रूपमा एकताबद्ध बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

    प्रतियोगिता बुढानीलकण्ठ–५, रुद्रेश्वर चोकस्थित देवी स्पोर्ट्स हाउसमा आयोजना हुनेछ। आयोजकका अनुसार प्रतियोगिता २०८३ असोज १७ गते बिहान १० बजे उद्घाटन हुनेछ। प्रतियोगितामा ५–ए–साइड खेलाडी सहभागी हुने व्यवस्था गरिएको छ।

    प्रतियोगिताको टाइसेट २०८३ असोज १६ गते बेलुका ५ बजे गरिने जनाइएको छ भने टिम दर्ताको अन्तिम मिति २०८३ असोज १५ गते तोकिएको छ।

    प्रतियोगिताको विजेताले रु. २० हजार र उपविजेताले रु. १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी बेस्ट प्लेयर, बेस्ट किपर, बेस्ट कोच, बेस्ट स्कोरर, हाई स्कोरर र हाई असिस्ट लगायत व्यक्तिगत विधामा समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

    प्रतियोगितामा सहभागी हुन रु. ३ हजार ३ सय प्रवेश शुल्क तथा थप रु. २ सय शुल्क तोकिएको छ। टिम दर्ताका लागि नेपाल बराम समाजको नाममा राष्ट्रिय वाणिज्य बैंक, बालाजु शाखामा रहेको खातामा रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।

    प्रतियोगितासम्बन्धी थप जानकारीका लागि विक्रम बराम (९८२३६९३७१४), अमृत बराम (९८४३१२८१३८) र सागर बराम (९७६६५०५४५५) मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

    “खेलौं, स्वस्थ बनौं, समाजलाई एक बनाऔं” भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक टिमलाई आयोजकले दर्ताका लागि आह्वान गरेको छ।

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १२:४७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij