Logo

२०८३ कार्तिक २८ गते शनिवार

२०८३ कार्तिक २८ गते शनिवार

गोरखाको बुढीगण्डकी नदीमाथि जंगलमा भीषण सुक्खा पहिरो

गोरखाको बुढीगण्डकी नदीमाथि जंगलमा भीषण सुक्खा पहिरो


  • 204
    Shares

    • images
    गोरखाको बुढीगण्डकी नदीमाथि जंगलमा भीषण सुक्खा पहिरो

    गोरखाको धार्चे गाउँपालिका-१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा शनिबार बिहान ठुलो सुक्खा पहिरो गएको छ।

    गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बस्ती नभएको क्षेत्रमा पहिरो गएकाले कुनै क्षति भएको छैन। 

    ‘तल बुढीगण्डकी नदी भए पनि पहिरो त्यहाँसम्म नपुगेकाले तत्काललाई नदी थुनिने अवस्था पनि देखिएको छैन’, उनले टेलिफोनमा भने।

    यद्यपि परिस्थितिको निगरानी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए। स्थानीयका अनुसार पहिरो आज बिहान ९ बजेतिर खसेको हो। 

    राजकुमार भट्टले सामाजिक सञ्जालमा पहिरोको भिडिओ राख्दै लेखेका छन्, ‘गोरखाको यारुबगरस्थित क्यान्टिलिभर पुलमाथिबाट ठुलो पहिरो गएको छ। मनास्लु पदयात्रामा गएको पदयात्रीहरू सुरक्षित रहनुहोला।’

    प्रकाशित मिति :कार्तिक २८ २०८३ शनिवार - १२:२५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij