Logo

२०८३ कार्तिक २८ गते शनिवार

२०८३ कार्तिक २८ गते शनिवार

मधेसका मुख्यमन्त्रीले दिए राजीनामा

मधेसका मुख्यमन्त्रीले दिए राजीनामा


  • 449
    Shares

    • images
    मधेसका मुख्यमन्त्रीले दिए राजीनामा

    मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्।

    विश्वासको मत लिन शनिबार राखिएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन्। विश्वासको मत लिँदा बहुमत नआउने देखिएपछि उनले सदनमै राजीनामा घोषणा गरेका हुन्।

    नेपाली कांग्रेसको नेतृत्वमा बनेको मधेस सरकारबाट प्रमुख सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने बाध्यतामा पुगेका थिए। यसैका लागि आज प्रदेशसभाको बैठक बोलाइएको थियो।

    तर विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि नै मुख्यमन्त्री यादवले राजीनामा घोषणा गरेका हुन्।  उनले राजीनामा दिएपछि अब मधेस प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने भएको छ।

    १०२ सदस्यीय मधेस प्रदेशसभामा विश्वासको बहुमत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो।

    मधेस प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालका २७, एमालेका २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद तथा संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक सांसद छन्।

    प्रकाशित मिति :कार्तिक २८ २०८३ शनिवार - १६:०९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij