२०८३ कार्तिक २८ गते शनिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला जाने भएकी छन् ।
फिलिपिन्स सरकारको आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को सहआयोजनामा नोभेम्बर १८ र १९ मा सम्मेलन हुँदैछ । सम्मेलनमा विभिन्न देशका मन्त्री, वरिष्ठ सरकारी अधिकारी तथा सरोकारवालाहरू सहभागी हुनेछन् ।
सम्मेलनअघि नोभेम्बर १६ मा युनाइट, डब्ल्यूएचओ र प्रोजेक्ट एभ्रिवनको सहकार्यमा विशेष संसदीय नेतृत्व कार्यक्रम आयोजना हुनेछ । चिल्ड्रेन्स इन्भेस्टमेन्ट फन्ड फाउन्डेसनको सहयोगमा हुने उक्त कार्यक्रममा बालबालिकामाथि हुने हिंसालाई जनस्वास्थ्यको प्राथमिकताका रूपमा सम्बोधन गर्ने विषयमा छलफल हुनेछ ।
कार्यक्रममा हिंसा रोकथाम, प्रभावित बालबालिकाका लागि प्रभावकारी स्वास्थ्य तथा संरक्षण प्रणालीको विकास, आवश्यक कानुनी व्यवस्था, दिगो वित्तीय स्रोत र संसदीय निगरानीका विषयमा विभिन्न देशका सांसद तथा विज्ञहरूले अनुभव आदानप्रदान गर्नेछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij