Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

जसपा नेपालले लुम्बिनीकी सांसद अम्बिका काफ्लेलाई हटाउन सिफारिस

जसपा नेपालले लुम्बिनीकी सांसद अम्बिका काफ्लेलाई हटाउन सिफारिस


  • 1.4K
    Shares

    जसपा नेपालले लुम्बिनीकी सांसद अम्बिका काफ्लेलाई हटाउन सिफारिस
    images

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदबाट हटाउन पार्टी केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ।

    जसपा नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले भदौ ८ गते पार्टी केन्द्रीय कार्यसमिति कार्यालयलाई पत्र पठाउँदै काफ्लेलाई दलबाट निष्कासन गरी प्रदेशसभा सदस्य पदबाट हटाउने कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरेका हुन्।

    संसदीय दलले सोही दिन लुम्बिनी प्रदेशसभा सचिवालयलाई समेत पत्र पठाउँदै काफ्लेलाई प्रदेशसभा सदस्यबाट निष्कासन गर्न अनुरोध गरेको छ।

    जसपा नेपालले नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको थियो। त्यसअनुसार पार्टीले मुख्यमन्त्री आचार्यलाई समर्थन गर्न र भदौ १ गते प्रदेशसभामा भएको विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको थियो।

    तर, प्रदेशसभा सदस्य काफ्ले दलको निर्देशनविपरीत विश्वासको मतसम्बन्धी बैठकमा अनुपस्थित भएको संसदीय दलको आरोप छ।

    दलको निर्देशन उल्लङ्घन गरेको भन्दै काफ्लेसँग भदौ २ गते स्पष्टीकरण माग गरिएको थियो। जवाफ नआएपछि भदौ ५ गते २४ घण्टे स्पष्टीकरणको मौका दिइएको तर चित्तबुझ्दो जवाफ नदिएको जसपा नेपालले जनाएको छ।

    संसदीय दलले काफ्लेले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ अनुसार दलको निर्देशन उल्लङ्घन गरेको ठहर गर्दै निष्कासनको सिफारिस गरेको हो।

    केन्द्रीय कार्यसमितिले अन्तिम निर्णय गरेपछि मात्रै काफ्लेको प्रदेशसभा सदस्य पदसम्बन्धी प्रक्रिया अघि बढ्नेछ। हाल लुम्बिनी प्रदेशसभामा जसपा नेपालका पाँच जना प्रदेशसभा सदस्य रहेका छन्।

    img_20260825_170711_nFqBiAk67t.jpg

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १७:४९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij