Logo

२०८३ मंसिर ९ गते बुधवार

२०८३ मंसिर ९ गते बुधवार

गोरखाका ६५ परिवार बाढीपीडितलाई जनमोर्चाले दियो ग्यास सिलिन्डर

गोरखाका ६५ परिवार बाढीपीडितलाई जनमोर्चाले दियो ग्यास सिलिन्डर

images

  • 554
    Shares

    गोरखाका ६५ परिवार बाढीपीडितलाई जनमोर्चाले दियो ग्यास सिलिन्डर
    images

    गोरखा । राष्ट्रिय जनमोर्चाले बूढीगण्डकी बाढीबाट पीडित ६५ परिवारलाई ग्यास सिलिन्डर वितरण गरेको छ।

    जनमोर्चाका महासचिव मनोज भट्ट नेतृत्वको टोलीले गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नं ५ शान्तिबजारमा मंगलबार आयोजित कार्यक्रममा जनमोर्चाका नेता कार्यकर्ताहरूले सिलिन्डर वितरण गरेका हुन्।

    गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीबाट गोरखामा दर्जनौँ परिवार घारवारविहीन भएका छन्। पीडित परिवारको आवश्यकताका आधारमा ग्यास सिलिन्डर वितरण गरिएको राहत टोलीका सदस्य नेपाल पत्रकार महासंघ, काठमाडौँ शाखाका सदस्य गोविन्दकुमार शर्माले जानकारी दिए।

    जनमोर्चाले कार्यकर्ताबाट संकलित रकम र भारतस्थित प्रवासी संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले संकलन गरेको रकमबाट पीडितलाई राहत वितरण गरेको हो।

    कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव वेदबहादुर कार्की, अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल बुद्धिजीवी सङ्घका कोषाध्यक्ष भोला ढकाल, जनमोर्चाका नेताहरू हरिकान्त पौडेल, मदन शर्मा, दिवाकर सुवेदीलगायत सहभागी थिए।

    जनमोर्चाले यसअघि भोटेकोसी–त्रिशूली बाढीबाट पीडितलाई समेत प्रवाभित स्थानमा पुगेर राहत वितरण गरेको थियो। राहत रकम तथा सामग्री तत्काल पीडितको हातमा पुगोस् भनेर सरकारी कोषमा जम्मा नगरी सिधै पीडितहरूलाई वितरण गरिएको जनमोर्चाले जनाएको छ।

    प्रकाशित मिति :मंसिर ८ २०८३ मंगलवार - २०:२१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij