२०८३ मंसिर ८ गते मंगलवार
काठमाडौं । ईनम सापकोटाकी पत्नी कविता पाण्डेलाई प्रहरीले घटना विवरण कागज गराएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि पक्राउ परेका सापकोटा हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
प्रहरीले सापकोटाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । सोही अनुसन्धानका क्रममा पत्नी पाण्डेलाई अघिल्लो हप्ता नै कार्यालयमा झिकाएर घटना विवरण कागज गराइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए ।
सापकोटाको मोबाइल परीक्षण गर्दा उनले एक व्यक्तिलाई पत्नी कविताको बैंक खातामा रकम जम्मा गरिदिन आग्रह गर्दै म्यासेज पठाएको भेटिएको थियो । सानिमा बैंकमा रहेको कविताको खाता नम्बर पठाउँदै ७ हजार ५०० अमेरिकी डलर जम्मा गरिदिन म्यासेज गरेको पाइएपछि अनुसन्धान अधिकृतहरूले पाण्डेसँग सोधपुछ गरेका हुन् । उक्त कारोबार तथा सापकोटासँग जोडिएका अन्य विषयमा जानकारी लिएर उनलाई कागज गराइएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij