Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

नेप्सेमा गिरावट, १८७ कम्पनीको शेयर मूल्य घट्यो

नेप्सेमा गिरावट, १८७ कम्पनीको शेयर मूल्य घट्यो


  • 1.3K
    Shares

    नेप्सेमा गिरावट, १८७ कम्पनीको शेयर मूल्य घट्यो
    images

    काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.३० अंकले घटेर २,५९४ को विन्दुमा कायम भएको छ ।

    आज ७८ कम्पनीको शेयर भाउ बढेको छ भने १८७ कम्पनीको घटेको छ । आज दिनभरिमा ३५७ कम्पनीको १ करोड ४४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोड माथिको शेयर कारोबार भएको छ । 

    आज विकास बैंक र निर्जीवन बीमा समूह मात्रै बढेको छ । विकास बैंक ०.०८ तथा निर्जीवन बीमा ०.३६ प्रतिशत बढेको छ । अरु सबै समूह घटेका छन् । बैंकिङ ०.०३, फाइनान्स ०.९१, होटल तथा पर्यटन ०.७१, जलविद्युत् ०.४२, लगानी ०.०८, जीवन बीमा ०.०९, उत्पादन तथा प्रशोधन ०.२९, माइक्रोफाइनान्स ०.२७, अन्य ०.१८ तथा व्यापार ०.५७ प्रतिशत घटेको छ ।

    हालै सूचीकृत सर्वोत्तम पेन्ट्स्को मूल्य १४.९९ प्रतिशत बढेको छ । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १४.९५, नाडेप लघुवित्तको ६.००, एभरेस्ट कलरको ५.७१, कालिन्चोक हाइड्रोपावरको ५.५६ प्रतिशत मूल्य बढेको छ ।

    आज मकर जितुमाया हाइड्रोको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ९० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १७ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । सोलु हाइड्रोको १३ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।  .

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १५:३१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij