२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । शेयर बजार आज पनि घटेर बन्द भएको छ । नेप्से परिसूचक १२ दशमलव ७९ अंकले घटेर २,६३६ को विन्दुमा कायम भएको छ ।
आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३५३ कम्पनीको १ करोड १२ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड माथिको शेयर कारोबार भएको छ ।
धेरैजसो समूहगत सूचक घटेको छ। बैंकिङ ०.४७, विकास बैंक ०.८४, फाइनान्स ०.५५, होटल तथा पर्यटन १.२१, जलविद्युत् ०.३१, लगानी ०.२७, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.६९, अन्य ०.५८, तथा व्यापार ०.०२ प्रतिशत घटेको छ ।
अपर लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशत बढेको छ । सेन्ट्रल फाइनान्सको ६.००, अपोलो हाइड्रोपावरको ५.६५, माउन्ट एभरेस्ट पावरको ५.५०, सानीगढ हाइड्रोको ३.८० प्रतिशत मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै नबिल डिबेञ्चर २०८९ को कारोबार भएको छ । आज यसको २८ करोड ९१ लाख रुपैयााको इकाई कारोबार भएको छ । घलेम्दी हाइड्रोको २० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १९ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij