Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

राप्रपा विवाद उत्कर्षमा, केन्द्रको निर्णयविरुद्ध बागमती प्रदेश समिति उभियो

राप्रपा विवाद उत्कर्षमा, केन्द्रको निर्णयविरुद्ध बागमती प्रदेश समिति उभियो


  • 1.3K
    Shares

    राप्रपा विवाद उत्कर्षमा, केन्द्रको निर्णयविरुद्ध बागमती प्रदेश समिति उभियो
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चर्किएको छ । पार्टी केन्द्रले बागमती प्रदेशका तीन जना सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा पठाएको पत्रको विरोध गर्दै बागमती प्रदेश कार्यसमिति नै उभिएको हो ।

    राप्रपा बागमती प्रदेश अध्यक्ष विक्रम थापाले प्रदेशसभा सभामुखलाई पत्र पठाउँदै केन्द्रबाट आएको निर्णय विधानविपरीत र एकपक्षीय भएको भन्दै त्यसलाई मान्यता नदिन आग्रह गरेका छन् ।

    प्रदेश अध्यक्ष थापाले केन्द्रको निर्णयमाथि प्रश्न उठाउँदै भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक नै नबसेको दाबी गरेका छन् । बैठक नै नबसी गरिएको भनिएको निर्णयलाई मान्यता दिन नसकिने उनको तर्क छ ।

    उनले पार्टी विधानको धारा ३० (ड) अनुसार अनुशासनसम्बन्धी कारबाही गर्ने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको भन्दै अन्य निकायबाट गरिएको निर्णयको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।

    केन्द्रले पठाएको पत्रमा आधिकारिक बैठकको मिति उल्लेख नभएको र सांसदहरूले ह्विप उल्लंघन गरेको प्रमाणसमेत नभएको प्रदेश समितिको दाबी छ ।

    राप्रपा बागमती प्रदेश समितिले केन्द्रबाट आएको निर्णय कानुनी र प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको भन्दै सभामुखलाई त्यसलाई कार्यान्वयन नगर्न आग्रह गरेको छ ।

    यससँगै राप्रपाभित्र केन्द्र र प्रदेश नेतृत्वबीचको विवाद सतहमा आएको छ । सत्ता समीकरण र शक्ति संघर्षका कारण पार्टीभित्रको विवाद थप गहिरिँदै गएको देखिएको छ ।

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १४:१३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij