Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

‘गौँथली’को कमाइ २५ करोड पार, ९ लाखभन्दा बढी टिकट बिक्री

‘गौँथली’को कमाइ २५ करोड पार, ९ लाखभन्दा बढी टिकट बिक्री


  • 2.0K
    Shares

    ‘गौँथली’को कमाइ २५ करोड पार, ९ लाखभन्दा बढी टिकट बिक्री
    images

    काठमाडौं ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार फिल्म ‘गौँथली’ २५ करोड रुपैयाँभन्दा बढीको ग्रस गर्न सफल भएको छ। आइतबार राति १० बजेसम्मको विवरण समेटिएको उक्त रिपोर्ट अनुसार फिल्मले २५ करोड ५ लाख ६५ हजार ७७२ रुपैयाँ कमाएको हो।

    यस अवधिमा फिल्मका ९ लाख ९ हजार ४२६ वटा टिकट बिक्री भएका छन्। गत साउन १ गतेबाट प्रदर्शनमा आएको यो फिल्मलाई गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा। भोला रिजालका छोरा डा। कपिल रिजालले निर्देशन गरेका हुन्।

    फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायतको अभिनय छ।

    डा। भोला रिजालको कथामा आधारित यस फिल्मको पटकथा तथा संवाद डा। कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले वितरण गरेका हुन्।

    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १७:४३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij