२०८३ भाद्र ८ गते सोमवार
काठमाडौं । जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न दल, समूह तथा अभियानसँग एकताका लागि पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।
पार्टीले गठन गरेको वार्ता समितिको संयोजकमा नारायण कोइराला छन् भने सदस्यहरूमा सुरेशप्रसाद आचार्य, प्रज्ज्वल बोहरा, अञ्जना शाह रावल र होमनाथ गौतम रहेका छन् ।
जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई पार्टीमा गोलबन्द गर्न वार्ता समिति गठन गर्ने निर्णय गत भदौ ४ गते काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij