Logo

२०८३ भाद्र ८ गते सोमवार

२०८३ भाद्र ८ गते सोमवार

उद्धव थापालाई पदमुक्त नगरेसम्म बागमती प्रदेशसभा चल्न नदिने राप्रपाको चेतावनी

उद्धव थापालाई पदमुक्त नगरेसम्म बागमती प्रदेशसभा चल्न नदिने राप्रपाको चेतावनी

images

  • 568
    Shares

    उद्धव थापालाई पदमुक्त नगरेसम्म बागमती प्रदेशसभा चल्न नदिने राप्रपाको चेतावनी
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना कारबाहीमा परेका सांसद उद्धव थापालाई पदमुक्त नगरेसम्म बागमती प्रदेश सभाको बैठक चल्न नदिने अडान लिएको छ । 

    हेटौँडास्थित संसद सचिवालयमा आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले यस्तो चेतावनी दिएकी हुन्।

    प्रमुख सचेतक तामाङले थापालाई गरिएको कारबाहीका सम्पूर्ण आधिकारिक दस्ताबेजहरू कार्य व्यवस्था परामर्श समितिमा पेस गरिन् । सभामुखले तत्काल तोक लगाएर कारबाही प्रक्रिया अगाडि नबढाएसम्म संसद सहज रूपमा चल्न नसक्ने राप्रपाको जिकिर छ ।

    यसअघि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टीको साधारण सदस्यता समेत खारेज गरिएको छ।

    बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको आधिकारिक निर्णय र निर्देशन विपरीत नेकपा एमालेलाई समर्थन गरेको र स्पष्टीकरण सोध्दा समेत कुनै जवाफ नदिएपछि उनलाई कारबाही गरिएको राप्रपाले जनाएको छ।

     

     

    images
    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १२:२६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij