Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, एमालेद्वारा ह्विप जारी

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, एमालेद्वारा ह्विप जारी


  • 1.2K
    Shares

    कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, एमालेद्वारा ह्विप जारी
    images

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनुअघि नेकपा एमाले कोशी प्रदेश संसदीय दलले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन र मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको छ ।

    प्रदेशसभा सचिवालयमा सोमबार बिहान बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको दलका सचेतक रमेशकुमार बस्नेतले जानकारी दिए ।

    मुख्यमन्त्री कार्कीले आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

    एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे सहमतिअनुसार प्रदेश सरकारमा नयाँ गठबन्धन बनेपछि कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो । कांग्रेसले भदौ ३ गते समर्थन फिर्ताको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो ।

    संविधानको धारा १६८ (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । पहिलो पटक २०८१ वैशाख ३१ गते विश्वासको मत लिँदा उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए ।

    त्यसपछि एमाले–माओवादी गठबन्धन परिवर्तन भएर कांग्रेससँग सहकार्य भएपछि २०८१ असोज २ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । उक्त मतदानमा कार्कीको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।

    ९२ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपाका १७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र जनता समाजवादी पार्टीका १ सांसद रहेका छन् । आजको विश्वासको मत परीक्षणमा सत्ता गठबन्धनको समर्थन निर्णायक देखिएको छ ।

    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - ११:४४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij