२०८२ भाद्र २४ गते मंगलवार
पश्चिम बंगालमा २९२ सिटका लागि भएको विधाससभा निर्वाचन सम्मन्न भएको छ । आठ चरणमा गरिएको विधानसभा निर्वाचन हिजो (बिहीबार) सम्पन्न भएको हो । बाँकी दुई सिटका लागि यही मे १६ मा निर्वाचन हुँदैछ ।
कुल सिटमध्ये २९२ सिटका लागि विधानसभा निर्वाचन सम्पन्न भएसँगै मत परिणामबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् ।विधानसभाको मतपरिणाम मे २ मा सार्वजनिक गरिने छ । तर मुख्यतस् मुख्यमन्त्री ममता बनर्जीको सत्तासीन दल त्रिणमूल कंग्रेस(टिएमसी) र भारतीय जनता पार्टी (भाजपा) बीच कडा हुने अधिकांशको अनुमान छ ।
केही मत सर्वेक्षण अनुसार टिएमसी र भाजपाबीच कडा प्रतिस्पर्धा हुने तर दुबै दलले बहुमत प्राप्त नगर्ने देखिन्छ । यता कांग्रेस-लेफ्ट गठबन्धन सिपिएम भने विधानसभामा निर्वाचनमा पत्तासाफ हुने देखिन्छ ।
यदि सरकार गठनका लागि चाहिने १४७ सिट कुनै पनि दलले प्राप्त गर्न नसके पश्चिम बंगालमा लामो समयपछि हङ पार्लियामेन्ट (त्रिशंकु संसद) देखिने छ ।
पोल अफ पोल्स अनुसार टिएमसीले १४१ सिट, भाजपाले १३८ सिट र सिपिएमले १३ सिट जित्ने देखिन्छ । तर टाइम्स नाउ सिभोटरको मत सर्वेक्षण अनुसार टिएमसीले बहुमत प्राप्ट गर्ने अर्थात् १५८ सिटमा विजयी हुने, भाजपाले ११५ सिट जित्ने र सिपिएमले १९ सिट हासिल गर्ने अवस्था छ ।
इटिजी रिसर्चको मत सर्वेक्षणले पनि ममता बनर्जीको दल टिएमसीले १६९ सिट सहित प्रष्ट बहुमत हासिल गर्ने देखाउँछ । उक्त मत सर्वेक्षण अनुसार भाजपाले ११० र सिपिएमले १३ स्थानमा जित हात पार्ने देखिन्छ ।
इन्डिया टुडे एक्सिस माइ इन्डियाले गरेको मत सर्वेक्षणले भने भाजपाले सरकार गठनका लागि चाहिने १४७ सिट जित्ने, टिएमसी १४३ सिटमा विजयी हुने र सिपिएमले २ सिट मात्रै जित्ने देखाउँछ ।
यता रिपब्लिक सिएनएक्सको मत सर्वेक्षणले कुनै पनि दलले बहुमत प्राप्त नगर्ने देखाउँछ । सिएनएक्सका अनुसार भाजपा १४३, टिएमसी १३३ र सिपिएम १६ स्थानमा विजयी हुने अवस्था छ । तर जन कि बातले गरेको मत सर्वेक्षणमा भने भाजपाले प्रष्ट बहुमत अर्थात् १७४ स्थानमा जीत हात पार्ने देखिन्छ । टिएमसीले ११२ र सिपिएमले ६ सिट जित्ने देखिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij