Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

अमेरिकाले आक्रमण गरेको इरानी युद्धपोतबाट ८० भन्दा बढी शव फेला

अमेरिकाले आक्रमण गरेको इरानी युद्धपोतबाट ८० भन्दा बढी शव फेला


  • 701
    Shares

    अमेरिकाले आक्रमण गरेको इरानी युद्धपोतबाट ८० भन्दा बढी शव फेला

    काठमाडौं । अमेरिकी टरपिडो आक्रमणपछि इरानको एक नौसैनिक युद्धपोतबाट ८० भन्दा बढी शव फेला परेका छन्। 

    श्रीलंकाको दक्षिणी सहर गाले नजिक समुद्रमा सङ्कट सङ्केत (डिस्ट्रेस कल) आएपछि मंगलबार श्रीलंकाको नौसेना र वायुसेनाले उद्धार अभियान सञ्चालन गरेको थियो ।

    उद्धार टोलीले करिब ४० किलोमिटर टाढा समुद्री क्षेत्रमा खोजी गर्दा ३२ जना नाविकलाई जीवितै उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

    उद्धारकर्ताले समुद्रमा जीवित व्यक्तिहरूको खोजी जारी राखे पनि युद्धपोत वा त्यसको भग्नावशेष स्पष्ट रूपमा देखिएको थिएन । 

    सुरुमा टरपिडो वा पनडुब्बीबाट आक्रमण भएको भन्ने रिपोर्टहरू पुष्टि हुन सकेका थिएनन् । पछि अमेरिकाका रक्षा मन्त्री पिट हेगसेथले अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेको एक अमेरिकी पनडुब्बीले टरपिडो प्रहार गरी इरानी युद्धपोतमा आक्रमण गरेको बताए ।

    डेनासहित अन्य इरानी जहाजहरू भारतको विशाखापट्टनममा आयोजित इन्टरनेशनल फ्लीट रिभ्यु २०२६ कार्यक्रममा सहभागी भएर फर्किँदै गरेका थिए । उक्त बहुराष्ट्रिय नौसैनिक भेलामा ५४ देश सहभागी भएका थिए ।

    समुद्रबाट फेला परेका ८० भन्दा बढी शवलाई गालेको अस्पतालमा लगिएको छ। मृतकलाई राख्नका लागि आसपासका स्वास्थ्य संस्थाहरू पनि खाली गराइएको जनाइएको छ।

    images
    प्रकाशित मिति :फाल्गुण २१ २०८२ बिहिवार - १४:२२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij