Logo

२०८२ फाल्गुण २० गते बुधवार

२०८२ फाल्गुण २० गते बुधवार

यी हुन् च्याटजीपिटीको प्रयोग गरी प्रेमीको हत्या गर्ने सुन्दरी

यी हुन् च्याटजीपिटीको प्रयोग गरी प्रेमीको हत्या गर्ने सुन्दरी


  • 834
    Shares

    यी हुन् च्याटजीपिटीको प्रयोग गरी प्रेमीको हत्या गर्ने सुन्दरी

    सोल । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मानिसका लागि सहयोगी बन्ने ठानिए पनि यसको दुरुपयोग कति घातक हुन सक्छ भन्ने एउटा डरलाग्दो उदाहरण दक्षिण कोरियामा देखिएको छ। २१ वर्षीया एक युवतीले च्याटजीपिटीको प्रयोग गरेर विषालु घोल तयार पारी कम्तीमा दुई जनाको ज्यान लिएको र अन्यलाई गम्भीर घाइते बनाएको खुलासा भएको छ।

    किम नामले चिनिएकी ती युवतीले मदिरा र कडा मानसिक औषधिको मिश्रण कति घातक हुन्छ भन्ने कुरा एआईमार्फत सिकेर योजनाबद्ध हत्या गरेको अनुसन्धानबाट खुलेको हो। प्रहरीका अनुसार किमले गत फेब्रुअरी ११ मा दुई फरक पुरुषसँग होटलमा छिरेको र एक्लै बाहिरिएको सीसीटीभी फुटेजका आधारमा पक्राउ परेकी थिइन।

    होटलका कोठामा ती पुरुषहरू मृत फेला परेका थिए, जसको शरीरमा अत्यधिक मात्रामा सेडेटिभ (निन्द्रा लाग्ने कडा औषधि) भेटिएको थियो। सुरुमा उनले आफूले औषधि मिसाएको स्वीकार गरे पनि त्यसले ज्यान जान्छ भन्ने थाहा नभएको दाबी गरेकी थिइन।

    तर, उनको मोबाइल फोनको खानतलासी गर्दा उनले च्याट जीपिटीमा मदिरासँग निन्द्राको औषधि मिसाउँदा के हुन्छ ?, कति मात्रामा खाँदा मानिसको मृत्यु हुन्छ ? र के यसले कसैलाई मार्न सक्छ ? जस्ता प्रश्नहरू सोधेर हत्याको पूर्ण योजना बनाएको प्रमाण भेटिएको छ।

    यसअघि गत डिसेम्बरमा उनले आफ्नै प्रेमीमाथि पनि यस्तै प्रयोग गरेकी थिइन्। नाम्यान्जुको एउटा क्याफे पार्किङमा प्रेमीको पेय पदार्थमा औषधि मिसाएर उनलाई बेहोस बनाएकी थिइन् । प्रहरीका अनुसार किमले पहिलो प्रयासलाई प्रयोगका रूपमा लिएकी थिइन र पछिल्ला घटनाहरूमा औषधिको मात्रा दोब्बर बनाएकी थिइन्, जसले उनको उद्देश्य स्पष्ट रूपमा हत्या नै थियो भन्ने पुष्टि गर्छ। जनवरी २८ र फेब्रुअरी ९ मा भएका दुई फरक घटनामा उनले उस्तै शैली अपनाएर युवाहरूको ज्यान लिएकी थिइन्।

    यो घटना सामाजिक सञ्जालमा भाइरल भएपछि अर्को एउटा अनौठो र विवादित मोड आएको छ। किमको तस्बिर सार्वजनिक भएपछि धेरै मानिसहरू उनको सुन्दरता देखेर मन्त्रमुग्ध भएका छन्। कतिपयले त उनको सुन्दरताका कारण उनलाई सजायमा छुट दिनुपर्ने वा उनीसँग डेट जान तयार रहेको जस्ता गैरजिम्मेवार टिप्पणी समेत गर्न थालेका छन।

    अपराधीको कृत्यभन्दा उसको रूपलाई प्राथमिकता दिने यस्तो प्रवृत्तिको अहिले सर्वत्र आलोचना ② भइरहेको छ। प्रविधिको दुरुपयोग र अपराधीप्रतिको अन्धभक्तिका कारण यो मुद्दाले दक्षिण कोरियाली समाजमा ठुलो बहस छेडिदिएको छ।

    प्रकाशित मिति :फाल्गुण २० २०८२ बुधवार - ११:३६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij