२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    भारतको तमिलनाडुस्थित कल्लाकुरिचीमा विषाक्त मदिरा सेवन गर्दा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश करुणापुरमका बासिन्दा हुन् ।
एक सयभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ। सरकारले घटनामा ज्यान गुमाएकाका परिवारलाई १० लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको समाचारमा उल्लेख छ ।
विषाक्त मदिरा काण्डपछि कल्लाकुरिचीका जिल्ला अधिकारीको सरुवा भएको छ भने प्रहरी नायब उपरीक्षकसहित दश जना प्रहरी निलम्बनमा परेका छन् ।
तमिलनाडु सरकारले सेवानिवृत्त न्यायाधीश गोकुलदासको अध्यक्षतामा एक छानबिन समिति गठन गरेको छ। आयोगले तीन महिनाभित्र छानबिन प्रतिवेदन बुझाउने समाचारमा उल्लेख छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij