२०८२ फाल्गुण २२ गते शुक्रवार
काठमाडौं । ५५ स्थानमा मतगणना जारी रहँदा ४२ स्थानमा रास्वपा पहिलो प्रतिनिधि सभा निर्वाचनको मत गणना जारी छ। अहिले ५५ क्षेत्रमा मतगणना चलिरहेको निर्वाचन आयोगले जनाएको छ।
पछिल्लो विवरण अनुसार मतगणना चलिरहेका क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ४१ स्थानमा अग्रता लिएको छ। त्यसैगरि नेकपा एमालेले ५ स्थानमा अग्रता लिएर दोस्रो स्थानमा छ।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टीले २ स्थानमा अग्रता लिएको छ। कांग्रेसले मतगणना जारी रहेका स्थानमध्ये ३ क्षेत्रमा अग्रता लिएको छ।
जसमा ललितपुर क्षेत्र नम्बर १ मा कांग्रेसका उदयशम्शेर राणा, कपिलबस्तु ३ मा अभिषेक प्रताप शाह र कैलाली १ मा जनकराज चौधरीको अग्रता छ। यो सुरुवाती अग्रता हो।
एमालेले अग्रता लिएका क्षेत्र पाँच वटा छन्।
जसमा रुपन्देही क्षेत्र नम्बर ४ मा प्रमोदकुमार यादव, बाँके २ मा मोहम्मद इस्तियाक राई, स्याङजा १ मा मीनप्रसाद गुरुङ, तेह्रथुम १ मा भानुभक्त ढकाल र चितवन १ मा दावा दोर्जे लामाले अग्रता लिएका छन्।
त्यसैगरि नेकपाले रुकुमपूर्व र कालिकोटमा अग्रता लिएको छ। नेकपाका संयोजकसमेत रहेका प्रचण्डले रुकुम पूर्वमा अग्रता लिएका छन्।
यसैगरी कालिकोटमा नेकपाका नेता महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्। अहिलेसम्म मोरङ क्षेत्र नम्बर ३ मा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले अग्रता लिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij