२०८२ फाल्गुण २२ गते शुक्रवार
काठमाडौं । अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा छाड्न आदेश दिएको छ।
बिहीबार पनि इडीका वकिलहरूले थप अनुसन्धानका लागि अझै हिरासतमा राख्न अनुमति मागेका थिए। तर, न्यायाधीश न्याय बिन्दुको इजलासले उनलाई बिहीबार जमानतमा छाड्न आदेश दिएको भारतीय संचार माध्यम ‘लाइभ ल डटइन’ले जनाएको छ।
मदिरा नीतिमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका केजरीवालले तीन महिनापछि राउज एभिन्यू अदालतबाट जमानत पाएका हुन्। केजरीवाललाई भारतको प्रवर्तन निर्देशनालय (इडी) ले १२ मार्चमा पक्राउ गरेको थियो।
अदालतले केजरीवाललाई एक लाख रुपैयाँ धरौटी बुझाउन भनेको छ। यसअघि सर्वोच्च अदालतले केजरीवाललाई लोकसभा चुनावका लागि २१ दिनको अन्तरिम छाड्न आदेश दिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij