Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

एकपछि अर्को बैंक ‘लुटिए’पछि लेबनानका सबै बैंकहरू अनिश्चितकालका लागि बन्द

एकपछि अर्को बैंक ‘लुटिए’पछि लेबनानका सबै बैंकहरू अनिश्चितकालका लागि बन्द


  • 2.3K
    Shares

    एकपछि अर्को बैंक ‘लुटिए’पछि लेबनानका सबै बैंकहरू अनिश्चितकालका लागि बन्द
    images

    लेबनानले देशभरका बैंकहरू अनिश्चितकालका लागि बन्द गरेको छ । मुलुकको बैंकिङ एसोसियसनले एकपछि अर्को बैंकहरू लुटिएकाले बैंक खोल्नु खतरनाक भएकाले यस्तो निर्णय लिन बाध्य भएको बताएको छ ।

    बिहीबारदेखि तीन दिनको ‘सटडाउन’पछि बैंकहरू खुल्दै थिए । तर त्यसअघि नै बुधबार साँझ बैंकिङ एसोसियसनले एक वक्तव्य जारी गर्दै बैंकहरु अनिश्चितकालका लागि बन्द हुने घोषणा गर्यो । 

    गत हप्ता मात्र कम्तिमा आठ बैंकहरू तिनकै बचतकर्ताबाट ‘लुटिएको’ घटना बाहिरिएको थियो । पछिल्लो समय लेबनानमा बचतकर्ताले आफ्नै बचत खाताबाट पैसा निकाल्न बैंक कब्जा गर्ने क्रम बढ्दै गएको थियो । 

    बैंकले सेवा बन्द गरे पनि एटीएम भने संचालनमा छन् । तथापि एटीएमबाट पहिलेजस्तो विदेशी मुद्रा भने निकाल्न सकिँदैन । 

    लेबनानमा विदेशी मुद्राको अभाव सिर्जना हुन थालेपछि सन् २०१९ मा राज्यले डलरमा गरिएका बचत निकाल्न रोक लगायो । लेबनानी मुद्रा अस्थिर हुने भएकाले धेरैले तिनको मुद्रा डलरमा बचत गर्ने प्रचलन रहँदै आएको छ । यसकारण सरकारको कडाइले धेरैलाई अफ्ठ्यारो पारेको छ । 

    मानिसहरुले आफ्नै बचत निकाल्न नपाउने नियमलाई बैंकको लुटको संज्ञा दिइरहेका छन् । हातहतियारसहित बैंक नियन्त्रणमा लिएर आफ्नो बचत रकम निकाल्ने क्रम बढेको छ । 

    लेबनानको अर्थतन्त्र सन् २०१९ को उत्तरार्द्धदेखि गम्भीर आर्थिक संकट झेलिरहेको छ । विश्व बैंकले लेबनानको संकटलाई सन् १८५० यता विश्वले देखेको सबैभन्दा खराबमध्ये एक संकटको रुपमा व्याख्या गरेको छ । 

    आईएमएफका अनुसार लेबनानको अर्थतन्त्र सन् २०१८ यता ४० प्रतिशतले खुम्चिसकेको छ भने मुद्रास्फीति तेहोरो अंकमा कायम छ । यो साता लेबनानी मुद्राको मूल्य थप अवमूल्यन भएर हालसम्मकै न्युन हुँदा एक अमेरिकी डलर बराबर ३८,००० लेबनानी पाउण्ड पुगेको छ । 

    प्रकाशित मिति :आश्विन ६ २०७९ बिहिवार - १५:२९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij