२०८२ फाल्गुण २२ गते शुक्रवार
काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन विजयी बनेका छन्। यो विजयसँगै नेपाली कांग्रेसले पनि संघीय संसदको प्रतिनिधित्व सुनिश्चित गरेको छ।
गौचनले ३ हजार ७०७ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्द्रधारा विष्टले १ हजार ८०६ मत प्राप्त गरे। गौचन यसअघि २०७९ को चुनावमा पनि विजयी बनेका थिए। नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री रोमी गौचनका छोरा योगेश पर्यटन व्यवसायी हुन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij