२०८२ फाल्गुण २२ गते शुक्रवार
काठमाडौं । अर्घाखाँचीमा सुरु भएको मतगणनाको पहिलो नतिजामा रास्वपाले अग्रता लिएको छ ।
सन्धिखर्क नगरपालिकाबाट सुरु गरिएको मतगणनामा सुरुमा वडा नम्बर ३ को सबै मत गणना गरिँदा रास्वपाका हरि भुसालले अग्रता लिएका हुन् ।
उनले ३२६ मत ल्याउँदा कांग्रेसका विष्णु मुस्कानले २६६ र एमालेका पिताम्बर भुसालले १५४ मत पाएका छन् भने नेकपाका रामबहादुर चौहानले २७ मत पाउँदा राप्रपाका झविन्द्र फुल्लेलले ३ मत पाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij