Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

इजिप्टको चर्चमा भीषण आगलागी: ४१ बढीको मृत्यु, कयौं घाइते

इजिप्टको चर्चमा भीषण आगलागी: ४१ बढीको मृत्यु, कयौं घाइते


  • 2.8K
    Shares

    इजिप्टको चर्चमा भीषण आगलागी: ४१ बढीको मृत्यु, कयौं घाइते

    इजिप्टको स्वास्थ्य मन्त्रालयले राजधानी कायरो नजिकैको गिजा सहरको एउटा चर्चमा भएको आगलागीमा परी कयौं व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ ।

    इजिप्टको कप्टिक चर्चले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै इम्बाबा नजिकैको अबु सिफिन कप्टिक चर्चमा आइतबार भएको आगलागीमा ४१ जनाको मृत्यु भएको र ५५ जना घाइते भएको बताएको छ ।

    दुई सुरक्षा स्रोतले रोयटर्स समाचार एजेन्सीलाई पाँच हजार उपासकहरू सामूहिक रूपमा भेला भएको अवस्थामा विद्युतीय कारणले आगो लागेपछि भाग दौड मच्चिएको जानकारी दिएको छ ।

    आगो निभाउन १५ वटा दमकलको गाडी घटनास्थलमा पठाइएको थियो भने एम्बुलेन्सले घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्‍याएको थियो।

    इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले कप्टिक क्रिश्चियन पोप तावाड्रोस द्वितीयसँग फोनमार्फत शोक व्यक्ति गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २९ २०७९ आइतवार - १६:१६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij