Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

उडिरहेको विमानबाट पाइलट हाम फालेपछि…

उडिरहेको विमानबाट पाइलट हाम फालेपछि…


  • 3.2K
    Shares

    उडिरहेको विमानबाट पाइलट हाम फालेपछि…

    अमेरिकाको नर्थ क्यारोलिनमा एक पाइलटले उडानको बीचमा हाम फाल्दा उनको मृत्यु भएको छ। सीएनएनले जनाएअनुसार उक्त घटना राली नजिकै भएको हो।

    विमानस्थलका कर्मचारीका अनुसार उडानका क्रममा विमानमा २ जना व्यक्ति सवार थिए। संघीय उड्डयन प्रशासनले सीएनएनलाई जनाएअनुसार डबल इन्जिनयुक्त कासा सीएन–२१२ विमान दिउँसो २:४० बजे राले डरहम अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको चउरमा अवतरण भएको थियो।

    विमानमा को–पाइलट रहेका व्यक्तिले उडानकै क्रममा विमानबाट हाम फालेको अनुमान गरिएको छ। एक स्थानीय बासिन्दाले आफ्नो घर पछाडि केही आवाज सुनेको स्काउटिङ अधिकारीहरूलाई बताए।

    साँझ ७ बजे अघि नै घटनास्थलमा पाइलटको शव भेटिएको थियो। पत्रकार सम्मेलन गर्दै फुक्वा–वरिनाका प्रहरी प्रमुख ब्रेन्डन मेडिनाले चार्ल्स ह्युग क्रुक्सको शव कम्तिमा ३ हजार ५०० फिटबाट खसेको बताए।

    उनका अनुसार पाइलटको मृत्यु भुइँमा खसेपछि वा अगाडि नै भएको हो, खुल्न सकेको छैन। यस विषयमा अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्।

    प्रमुख मदिनाले घटनालाई आपराधिक अनुसन्धानका रूपमा लिइएको हो कि होइन भनेर भनेनन्, उनले यस्तो अवस्था विरलै हुने गरेको बताए। एजेन्सी

     

     
     

    प्रकाशित मिति :श्रावण १७ २०७९ मंगलवार - ११:३७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij