२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    बलिउड अभिनेता रणवीर सिंहविरुद्ध प्रहरीमा उजुरी परेको छ। हालै पेपर म्यागजिनका लागि खिचाइएको 'न्यु' तस्बिर हटाउन माग गर्दै उनीविरुद्ध उजुरी दर्ता भएको हो।
बलिउड हंगामाका अनुसार मुम्बईको चैम्बुर थानामा उजुरी दर्ता भएको हो। ललित श्यामले उनीविरुद्ध उजुरी दर्ता गर्दै गर्दै रणवीरलाई पक्राउ गरी कारबाही गर्न र सामाजिक सञ्जालबाट उक्त तस्बिर हटाउन माग गरेका छन्।
उक्त तस्बिरले महिलाहरुको भावनालाई ठेस पु्र्याउने भन्दै आइपीसीको धारा ५०९, २९२, २९४, आइटी एक्ट ६७ए अनुसार कारबाही माग गरिएको छ।
सामाजिक सञ्जालमा रणवीर ट्रोलको सिकारसमेत बनिरहेका छन्। तर बलिउड सेलिब्रेटीहरुको उनको पक्षमा उभिएका छन्। आलिया भट्ट, अर्जुन कपुर, प्रियंका चोपडा, अनुराग कायश्प, जोया अख्तरलगायतले उनको पक्षमा उभिएका छन्।
यसैबीच निर्माता एवं निर्देशक राम गोपाल बर्माले लैंगिक समानताको उदाहरण दिँदै पुरुषहरु पनि आफ्नो शरीर देखाउन सक्ने बताएका छन्। महिलाले आफ्नो शरीर देखाउन सक्छिन् भने पुरुषले पनि आफ्नो शरीर देखाउन किन सक्दैनन्?,' उनले प्रश्न गरेका छन्। उनले लैंगिक समानाताको बहस भइरहेका बेला महिला जतिकै अधिकार पुरुषहरुले पनि पाउनुपर्ने बताएका छन्।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij