Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

इन्गेजमेन्ट तोडेको १७ वर्षपछि अभिनेत्री जेनिफर र बेनले गरे बिहे

इन्गेजमेन्ट तोडेको १७ वर्षपछि अभिनेत्री जेनिफर र बेनले गरे बिहे


  • 2.5K
    Shares

    इन्गेजमेन्ट तोडेको १७ वर्षपछि अभिनेत्री जेनिफर र बेनले गरे बिहे

    हलिउड अभिनेत्री तथा गायिका जेनिफर लोपेजले बिहे गरेकी छन्। उनले प्रेमी तथा अभिनेता बेन एफ्लेकसँग बिहे गरेकी हुन्।

    उनले आफ्नो वेबसाइटमार्फत विवाह गरेको जानकारी दिएकी हुन्। 'हामीले विवाह गर्यौं। प्रेम सुन्दर छ, प्रेम दयालु छ। र यो बाहिर जान्छ कि प्रेम धैर्य हो, बीस वर्षको धैर्य,' उनले लेखेकी छन्। 

    बिबिसीका अनुसार उनीहरूले १७ वर्षअघि इन्गेजमेन्ट गरेर तोडेका थिए। गत वर्ष उनीहरूले सामाजिक सञ्जालमार्फत आफूहरू पुन: प्रेममा रहेको जानकारी दिएका थिए।

    नेभाडामा रहेको द क्लार्ट कन्टी क्लेकको कार्यालयमा राखिएको रेकर्डअनुसार जेनिफर लोपेजले आफ्नो नाम परिवर्तन गर्दै जेनिफर एफ्लेक राखेकी छन्। जेनिफरका अनुसार जोडी गत शनिबार लसभेगास पुगेर उनीहरूले विवाहको अनुमति पत्र लिएका थिए। 

    उनीहरूको भेट सन् २००२ मा फिल्म ‘गिग्ली’को सेटमा भएको थियो। त्यसपछि सन् २००३ मा उनीहरूको इन्गेजमेन्ट भयो। मिडियाले धेरै पछ्याएको भन्दै उनीहरूले सन् २००४ मा इन्गेजमेन्ट तोडेका थिए।

    यो अभिनेत्री जेनिफरको चौथाे विवाह हो। यसअघि उनले आजानी नोआ, क्रिस जड, र गायक मार्क एन्थोनीसँग विवाह गरेकी थिइन्। जेनिफर र मार्क एन्थोनीको दुई सन्तान छन्।

    त्यस्तै अभिनेता बेनले जेनिफर गार्नरसँग विवाह गरेका थिए। उनीहरूले सन् २०१८ मा सम्बन्ध विच्छेद गरेका थिए। उनीहरूको तीन सन्तान छन्।

    'हामी कृतज्ञ छाैं, हामीसँग अगाडि बढ्नकाे लागि पाँच बच्चाहरूकाे नयाँ परिवारबाहेक अन्य कारण थिएन,' जेनिफरले आफ्नाे वेबसाइटमा उल्लेख गरेकी छन्।

    प्रकाशित मिति :श्रावण २ २०७९ सोमवार - १३:२२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij