Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

श्रीलंकाका राष्ट्रपतिले राजीनामा पत्रमा गरे हस्ताक्षर, संसद्ले बुधबार सार्वजनिक गर्ने

श्रीलंकाका राष्ट्रपतिले राजीनामा पत्रमा गरे हस्ताक्षर, संसद्ले बुधबार सार्वजनिक गर्ने


  • 2.6K
    Shares

    श्रीलंकाका राष्ट्रपतिले राजीनामा पत्रमा गरे हस्ताक्षर, संसद्ले बुधबार सार्वजनिक गर्ने
    images

    श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षले राजीनामा पत्रमा हस्ताक्षर गरेको त्यहाँको स्थानीय सञ्चारमाध्यम डेली मिररले खबर दिएको छ । 

    जुलाई १३ को मिति राखेर तयार पारिएको राजीनामा पत्रमा गोटाबायाले हस्ताक्षर गरेका हुन् र संसद्का सभामुखले भोलि त्यसको सार्वजनिक घोषणा गर्नेछन् । 

    राष्ट्रपतिको राजीनामापत्र वरिष्ठ सरकारी अधिकारीलाई बुझाइएको छ । उनले सभामुखलाई उक्त पत्र दिनेछन् । सभामुख महिन्दा यापा अबेवर्दनाले भोलि सार्वजनिक घोषणा गरेर गोटाबायाको राष्ट्रपति कार्यकाल अन्त्य भएको जनाउ दिनेछन् । 

    गोटाबाया देश छोडेर भागेको अनुमान आइरहेका भए पनि उनी नजिकका स्रोतले डेली मिररलाई बताएअनुसार उनी अझै पनि देशमा छन् र सुरक्षाबलहरूले उनलाई सुरक्षा दिइरहेका छन् । 

    शनिवार दंगा हुनुभन्दा ठीक अघि राष्ट्रपतिलाई उनको निवासबाट सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा निकालेर एउटा डुंगामा राखेर लगेका थिए । उनी कुन ठाउँमा छन् भनी खुलाइएको छैन ।

    प्रकाशित मिति :आषाढ २८ २०७९ मंगलवार - १४:०२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij