Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

यौन शोषणको आरोपमा गायक आर केल्लीलाई ३० वर्ष जेल सजाय

यौन शोषणको आरोपमा गायक आर केल्लीलाई ३० वर्ष जेल सजाय


  • 3.1K
    Shares

    यौन शोषणको आरोपमा गायक आर केल्लीलाई ३० वर्ष जेल सजाय

    आफू सेलिब्रेटी भएको फाइदा उठाउँदै बालबालिका र महिलामाथि यौन शोषण गरेको आरोपमा दोषी करार गर्दै अमेरिकी गायक आर.केल्लीलाई ३० वर्षको जेल सजाय सुनाइएको छ । उनको वास्तविक नाम रोबर्ट सिल्भेस्टर केल्ली हो ।

    उनीमाथि लामो समयदेखि यौनशोषणको आरोप लाग्दै आइरहेको थियो । ५५ वर्षीय आरएन्डबी कलाकार ठगी र मानवबेचविखनको मामिलामा गत सेप्टेम्बरमा न्युयोर्कमा दोषी पाइएका थिए । उनका वकिलले अदालतको आदेशविरुद्ध पुनरावलोकनमा जाने बताएका छन् ।

    अमेरिकी न्यायाधीश एन डोनलीले केल्लीले सेक्सलाई हतियारको रूपमा प्रयोग गरेर पीडितहरूलाई भन्न पनि नसकिने कामहरू गर्न लगाएको र केहीलाई यौनजन्य रोगबाट सङ्क्रमित गराएको बताइन् ।

    ‘आई बिलिभ आई क्यान फ्लाई’ जस्ता चर्चित गीतका लागि चिनिएका केल्लीले महिला र बालबालिकाहरूलाई २ दशकसम्म यौन शोषण गरेका थिए । 

    केल्ली सन् २०१९ को जुलाईदेखि हिरासतमा थिए । सन् २०२० मा उनलाई अर्का कैदीले कुटपिट गरेपछि चर्चामा आएका थिए । अब अप्रिलमा उनको सिकागोमा बालबालिकाको आपत्तिजनक तस्बिरबारे मुद्दाको सुनुवाइ हुनेछ । त्यस्तै, इलिनोइस र मिनेसोटामा पनि उनको मुद्दाको सुनुवाइ हुन बाँकी रहेको छ ।

    प्रकाशित मिति :आषाढ १६ २०७९ बिहिवार - १२:५३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij