Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

यौन शोषणको आरोपमा गायक आर केल्लीलाई ३० वर्ष जेल सजाय

यौन शोषणको आरोपमा गायक आर केल्लीलाई ३० वर्ष जेल सजाय


  • 3.1K
    Shares

    यौन शोषणको आरोपमा गायक आर केल्लीलाई ३० वर्ष जेल सजाय
    images

    आफू सेलिब्रेटी भएको फाइदा उठाउँदै बालबालिका र महिलामाथि यौन शोषण गरेको आरोपमा दोषी करार गर्दै अमेरिकी गायक आर.केल्लीलाई ३० वर्षको जेल सजाय सुनाइएको छ । उनको वास्तविक नाम रोबर्ट सिल्भेस्टर केल्ली हो ।

    उनीमाथि लामो समयदेखि यौनशोषणको आरोप लाग्दै आइरहेको थियो । ५५ वर्षीय आरएन्डबी कलाकार ठगी र मानवबेचविखनको मामिलामा गत सेप्टेम्बरमा न्युयोर्कमा दोषी पाइएका थिए । उनका वकिलले अदालतको आदेशविरुद्ध पुनरावलोकनमा जाने बताएका छन् ।

    अमेरिकी न्यायाधीश एन डोनलीले केल्लीले सेक्सलाई हतियारको रूपमा प्रयोग गरेर पीडितहरूलाई भन्न पनि नसकिने कामहरू गर्न लगाएको र केहीलाई यौनजन्य रोगबाट सङ्क्रमित गराएको बताइन् ।

    ‘आई बिलिभ आई क्यान फ्लाई’ जस्ता चर्चित गीतका लागि चिनिएका केल्लीले महिला र बालबालिकाहरूलाई २ दशकसम्म यौन शोषण गरेका थिए । 

    केल्ली सन् २०१९ को जुलाईदेखि हिरासतमा थिए । सन् २०२० मा उनलाई अर्का कैदीले कुटपिट गरेपछि चर्चामा आएका थिए । अब अप्रिलमा उनको सिकागोमा बालबालिकाको आपत्तिजनक तस्बिरबारे मुद्दाको सुनुवाइ हुनेछ । त्यस्तै, इलिनोइस र मिनेसोटामा पनि उनको मुद्दाको सुनुवाइ हुन बाँकी रहेको छ ।

    प्रकाशित मिति :आषाढ १६ २०७९ बिहिवार - १२:५३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij