Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

श्रीलंकामा अत्यावश्यक सवारीसाधनले मात्र इन्धन पाउने

श्रीलंकामा अत्यावश्यक सवारीसाधनले मात्र इन्धन पाउने


  • 3.0K
    Shares

    श्रीलंकामा अत्यावश्यक सवारीसाधनले मात्र इन्धन पाउने
    images

    श्रीलंकाले अत्यावश्यकबाहेकका सवारीसाधनलाई इन्धन बिक्री नगर्ने भएको छ। आर्थिक संकटसँग गुज्रिरहेको श्रीलंका सरकारले आगामी दुई हप्तासम्म सार्वजनिक यातायात, रेलका साथै औषधि र खाद्यान्न ढुवानी गर्ने गाडीलाई मात्र इन्धन दिने निर्णय गरेको हो।

    जुलाई १० सम्म निजी सवारीसाधनलाई पेट्रोल र डिजेल बिक्री गरिनेछैन। यस्तै, सरकारले २ करोड २० लाख नागरिकलाई घरबाटै काम गर्न र शहरी क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन समेत दिएको छ।

    श्रीलंकाको सरकारले इन्धन आपर्तिलाई सहज बनाउन रसिया र कतारमा प्रतिनिधि पठाएको छ। उनीहरुले ती राष्ट्रसँग सस्तोमा पेट्रोल र डिजेल उपलब्ध गराउन माग गरिरहेका छन्।

    कोरोना भाइरस महामारी, कर कटौती र उर्जा संकट बढेपछि श्रीलंका अहिले आफ्नो इतिहासकै सबैभन्दा कठिन परिस्थितिमा रहेको सरकारका प्रवक्ता बन्दुला गुनेवर्दनाले बताएका छन्। हाल श्रीलंकामा ९ हजार टन डिजेल र ६ हजार टन पेट्रोलमात्र बाँकी छ।

    प्रकाशित मिति :आषाढ १४ २०७९ मंगलवार - ११:११:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij