Logo

२०७९ आषाढ १३ गते सोमवार

images

अफगानिस्तान भूकम्प अपडेट: मृत्यु हुनेको संख्या २८० पुग्यो

अफगानिस्तान भूकम्प अपडेट: मृत्यु हुनेको संख्या २८० पुग्यो

खबर सेन्टर

८ आषाढ २०७९
  • 372
    SHARES
  • images
    अफगानिस्तान भूकम्प अपडेट: मृत्यु हुनेको संख्या २८० पुग्यो
    images

    अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २८० पुगेको छ । यसबारे त्यहाँको सरकारी समाचार एजेन्सीले जानकारी दिएको छ ।

    सामाजिक सञ्जालमा प्रकाशित समाचारमा पक्तिका प्रान्तका विध्वंश देखिएको छ । दुर्गम क्षेत्रमा हेलिकोप्टरले पीडितलाई अस्पताल पुर्याइरहेको पनि देख्न सकिन्छ ।

    स्थानीय बख्तर समाचार एजेन्सीले मृतकको संख्या बढ्न सक्ने बताउँदै ६ सयभन्दा बढी घाइते भएको जानकारी दिएको छ ।स्थानीय समयानुसार मंगलबार राती साढे एक बजे दक्षिण पूर्वी शहर खोस्टबाट ४४ किलोमिटर टाढा भूकम्प गएको थियो ।

    ‘दुर्भाग्यवश, हिजो राती पक्तिका प्रान्तका चार जिल्लाम ठूलो भूकम्प गयो । यसले हाम्रा सयौँ जनताको ज्यान लियो, घाइते बने र दर्जनौँ घरहरु ध्वस्त भए,’ सरकारी प्रवक्ता बिलाल करिमिले ट्वीट गरे ?

    ‘हामी सबै सहायता एजेन्सीलाई प्रकोप रोक्नका लागि तुरुन्तै टोली पठाउन आग्रह गर्दछौँ ।’ तालिबान अधिकारीहरुले देशको पूर्वमा प्रभावित क्षेत्रहरुमा तत्काल सहयोग गर्न एजेन्सीहरुलाई आह्वान गरेको छ ।

    images
    प्रकाशित मिति :आषाढ ८ २०७९ बुधवार - १३:३१:५१ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार