२०८२ पौष ५ गते शनिवार
भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीलाई काेराेना संक्रमण पुष्टि भएकाे छ । कोभिड पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी छिन् । सोनियालाई कोभिड भएको पार्टीले पुष्टि गरेको छ ।
कांग्रेसका वरिष्ठ नेता तथा पार्टी प्रवक्ता रणदिप सिंह सुरजेवालाले कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड-१९ भएको जानकारी दिए । उनलाई हल्का ज्वरो र केही लक्षण देखिएको छ ।
बुधबार मात्र सम्पत्ति शुद्धीकरण मुद्दामा अध्यक्ष गान्धी र पार्टी नेता राहुल गान्धीलाई भ्रष्टाचारविरूद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटले ८ जुनमा उपस्थित हुन आदेश दिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij