Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

अमेरिकाको अस्पतालमा गोली चल्दा कम्तिमा चारजनाको मृत्यु

अमेरिकाको अस्पतालमा गोली चल्दा कम्तिमा चारजनाको मृत्यु


  • 3.3K
    Shares

    अमेरिकाको अस्पतालमा गोली चल्दा कम्तिमा चारजनाको मृत्यु
    images

    काठमाडौं । ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउँदा कम्तिमा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू शोकमा डुबिरहेका बेला बुधबार फेरि गोलाबारी चलेको हो । आक्रमणमा बन्दुकधारी पनि मारिएका छन् । उनी आफूलाई पनि गोली प्रहार गरे वा प्रहरी कारबाहीमा मारिए भन्ने बारेमा भने प्रष्ट भइसकेको छैन।

    ‘हामी सेन्ट फ्रान्सिस अस्पताल क्याम्पसमा गोलाबारी गर्ने व्यक्तिसहित ४ जनाको मृत्यु भएको पुष्टि गर्न सक्छौं ।अधिकारीहरूले अझै भवन खाली गरिरहेका छन् । थप जानकारी आउन बाँकी छ’, तुल्सा प्रहरीले आफ्नो आधिकारिक अकाउन्टबाट खाताबाट ट्वीट गरेको छ । आक्रमणबारे प्रहरीले राष्ट्रपति जो बाइडेनलाई जानकारी गराएको छ ।

    प्रकाशित मिति :जेठ १९ २०७९ बिहिवार - १०:२८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij