Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

श्रीलङ्काको सरकारले कर बढाउने घोषणा गर्यो, केही हप्ताभित्रै अन्तरिम बजेट

श्रीलङ्काको सरकारले कर बढाउने घोषणा गर्यो, केही हप्ताभित्रै अन्तरिम बजेट


  • 3.1K
    Shares

    श्रीलङ्काको सरकारले कर बढाउने घोषणा गर्यो,  केही हप्ताभित्रै अन्तरिम बजेट
    images

    श्रीलङ्काको सरकारले कर बढाउने घोषणा गरेको छ । देश आर्थिक सङ्कटमा फसिरहेकोले त्यसलाई सुधार गर्न सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र व्यावसायिक आयकर बढाउने घोषणा गरेको अलजजिराले जनाएको छ । 

    भ्याट आठ प्रतिशतबाट बढाएर १२ प्रतिशत पुर्‍याउने घोषणा गरिएको छ भने व्यावसायिक आयकर २४ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्‍याउने प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । 

    यस्तै व्यक्तिगत करदातालाई दिइँदै आएको राहत पनि कटौती हुने छ । कर बढाएर केही हप्ताभित्रै अन्तरिम बजेट प्रस्तुत गर्ने भन्दै विज्ञप्तिमा सन् २०२२ मा राजस्व सुधारबाट सुदृढ आर्थिक योजना कार्यान्वयन गर्नु र सही ढङ्गले खर्च व्यवस्थापन गरिनु आवश्यक रहेको बताइएको छ । 

    श्रीलङ्काको तथ्याङ्क कार्यालयले मे महिनामा मुद्रास्फीति बढेर ३९ दशमलव १ प्रतिशत पुगेको र यो तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा उच्च रहेको जनाएको छ ।

    प्रकाशित मिति :जेठ १८ २०७९ बुधवार - १५:५२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij