२०८२ फाल्गुण २२ गते शुक्रवार
भारत उत्तर प्रदेशको बरेलीमा सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ। मंगलबार बिहान दिल्लीबाट बिरामी लिएर पिलिभित जाँदै गरेको एम्बुलेन्स डिभाइडर तोडेर एक मिनी ट्रकमा घुसेको छ।
दुर्घटनामा बिरामीको पनि मृत्यु भएको छ। यो घटना फतेहगञ्ज पश्चिमको दिल्ली बरेली हाइवेमा भएको थियो। मृत्यु हुने सबै पिलिभितका हुन्।
भारतीय सञ्चारमाध्महरुका अनुसार ड्राइभर निदाउँदा एम्बुलेन्स डिवाइडर पार गरेर मिनि ट्रकसँग ठोकिएको थियो।उत्तर प्रदेश के मुख्यमन्त्री योगी आदित्यनाथ घटनामा शोक व्यक्त गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij