२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हाई प्रोफाइल मुम्बई क्रुज ड्रग्स केसमा सफाइ दिएको छ ।
आर्यन खानलाई गत वर्ष ड्रग एजेन्सीले मुम्बईको तटमा एक क्रुजमा छापा मारेर लागूऔषध फेला पारेपछि अन्य कैयौं व्यक्तिहरूसँग पक्राउ गरेको थियो। उनी अक्टोबर २०२१ मा पक्राउ परेका थिए र २० दिन भन्दा बढी जेलमा बिताएका थिए। पछि उनलाई जमानत दिइयो ।
घटनाको छानबिन गर्न विशेष अनुसन्धान टोली गठन गरिएको थियो जसले आर्यन र क्रुजमा रहेका अर्का एक व्यक्ति बाहेक सबै अभियुक्तबाट लागुऔषध बरामद भएको बताएका थिए ।
भारतीय मिडियाका अनुसार आर्यन खानसँग लागुऔषध नभेटेपछि विशेष अनुसन्धान टोलीले उनलाई सफाइ दिएको हो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij